×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारलाई खारेज गर्नुपर्ने माग राखेका सांसद प्रेम सुवालको बजारमा लगानी छ कि छैन ? खारेजी समाधान हो र ?

अर्थ सरोकार

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार

PRIME CA

सेयर बजारलाई खारेज गर्नुपर्ने माग राखेका सांसद प्रेम सुवालको बजारमा लगानी छ कि छैन ? खारेजी समाधान हो र ?

काठमाडौँ । संसदमा खरो बोलेरै लामो समयदेखि चर्चाका पात्र बनिरहेका प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सेयर बजारसम्बन्धि दिएको अभिव्यक्तिका कारण फेरि चर्चामा आएका छन् । बिहिबारको प्रतिनिधि सम्भा बैठकमा उनले सेयर बजार बन्द गर्नुपर्ने धारणा राखेपछि उनी पुन: चर्चामा आएका हुन् ।  अहिले उनको यो अभिव्यक्ति चर्चामा मात्र छैन, विवाद र आलोचनाको विषय पनि बनेको छ । यो बीचमा उनको सेयर बजारमा लगानी छ कि छैन भन्ने विषय पनि चर्चाको विषय बनेको छ ।
‘तपाईंको सेयर बजारमा लगानी छ कि छैन ?’ अर्थ सरोकारले सोधेको प्रश्नमा सांसद सुवाल भन्छन्-‘छैन । सेयर बजारमा लगानी गरेको छैन ।’ आफ्नो डिम्याट खातासमेत नभएको बताउँदै उनले आम जनताको गुनासो र चासो आएकाले आफुले संसदमा सेयर बजार खारेज गर्नुपर्ने माग राखेको बताएका छन् । ‘डिम्याट खाता पनि छैन, केही छैन अहिलेसम्म । मैले त जनताको गुनासो आएको भएर मात्रै यो कुरा उठाएको हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।
अर्थ सरोकारसँग कुराकानी गर्दै उनले सेयर बजारलाई ठगीको संज्ञा दिएका छन् । ‘सिमित मान्छेले चलाउने र सोझा जनता डुबाउने काम भईरहेको छ । यस्तो बजार छिटो भन्दा छिटो बन्द गर्नुपर्छ ।’
उनले अहिले डुबेका लगानीकर्ताहरुलाई पनि सरकारले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । ‘डुबेकालाई सरकारले क्षतिपूर्ति दिनुपर्छ । नत्र त सरकार भएको के काम ?’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘सरकार भनेको प्रधानमन्त्री-मन्त्री भएर झण्डावाला गाडीमा सिंहदरबारको भित्र बाहिर गर्ने होइन नि । यस्तै चल्ने हो भने त यो सेयर बजारले झन् दुःख दिन्छ । सारा चिज विदेशबाट आयात हुन्छ, अनि जनतालाई सेयरमा लगानी लगाएर डुबाउनु त भएन नि ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: