×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरमा सहकारीविरुद्ध उजुरीको चाङ, २२४ सहकारीमाथि ६ हजार बढी उजुरी !

अर्थ सरोकार

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार

PRIME CA

काठमाडौं महानगरमा सहकारीविरुद्ध उजुरीको चाङ, २२४ सहकारीमाथि ६ हजार बढी उजुरी !

काठमाडौं । काठमाडौं महानगरपालिकाका २२४ वटा सहकारीविरुद्ध ६ हजार भन्दा धेरै उजुरी परेको छ । सहकारीका संचालक भाग्ने, बचतकर्ताको रकम फिर्ता नगर्ने घटना बढेपछि महानगरमा पनि सहकारी संस्थाविरुद्ध उजुरी दिनेहरु बढेका हुन् ।

महानगरको सहकारी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार हाल दैनिकजसो सहकारी ठगीका गुनासा लिएर बचतकर्ताहरु महानगर पुग्ने गरेका छन् । जसमध्ये ४–५ वटा परिसकेको उजुरीको फलोअपहरु आउने गरेका छन् । पछिल्ला दिन सहकारीविरुद्ध परेका उजुरीमाथि कार्वाही हुन नसक्दा सहकारीविरुद्ध बचतकर्ताहरुको गुनासो झनै बढेको त्रिपाठीको भनाई छ ।

हाल महानगरमा परेका अधिकांश उजुरीअनुसार सहकारीका सञ्चालकको बदमासीका कारण सहकारी संकटमा परेको पाइएको महानगरको सहकारी विभागका एक कर्मचारीले बताए । ‘हामीकहाँ परेको उजुरीमध्ये धेरैजसोको समस्या बचत फिर्ता नगरेको भन्ने नै छ ।’, ती कर्मचारीले भने, ‘धेरैले जग्गामा लगानी गरेको, आफन्तलाई ऋण दिएको देखिएको छ । यसरी गरिएको लगानी उठ्न नसक्दा सहकारीहरु समस्यामा परेको देखिएको छ ।’

त्यस्तै, महानगरकी उपमेयर सुनित डंगोलले हाल सहकारीमा देखिएको समस्या समाधान गर्न नियामक निकायले पनि समन्वय गर्नुपर्ने बताएकी छिन् । डंगोलका अनुसार अहिलेसम्म ७२ वटालाई सहकारीलाई कार्वाहीका लागि प्रहरीमा पठाइएको छ ।

तत्कालीन डिभिजन सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने नेपाल सरकारले १ साउन २०७४ मा गरेको निर्णय अनुसार महानगर मातहतमा हस्तान्तर र नयाँ दर्ता गरी १ हजार ९५३ वटा सहकारी संस्था छन् । जसमध्ये काठमाडौं महानगरमा १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी, २६४ वटा बहुउद्देश्यीय सहकारी, ३ वटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, ३ वटा सीपमूलक सहकारी, २ वटा शिक्षा सहकारी छन् । सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका १/१ वटा सहकारी रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: