×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सिभिल सहकारी समस्याग्रस्त घोषणा, केहि दिनपछि शिवशिखरको पालो !

SAGARMATHA CEMENTS

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । बागमति प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सिभिल सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

सिभिल सहकारी प्रदेश सरकार अन्तर्गत रहेकोले उक्त सहकारीलाई प्रदेश मातहतबाटै समस्याग्रस्त घोषणा गरिएको भूमी, व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । यद्यपी सहकारीलाई समस्याग्रस्त घोषणा गर्नका लागि केही कानुनी अड्चन भएकोले सिभिल सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको फाइल केन्द्रमा पठाउने तयारी गरिएको छ ।

यसो त सहकारी नेटवर्क खडा गरी बचतकर्ताको अरबौं रकम ठगी गरेको आरोपमा सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ र उनकी श्रीमती सिर्जना शाख्यसहितका सञ्चालक हाल जेलमा छन् । उनीहरुविरुद्ध सहकारीका १ हजार ४ सय ९९ बचतकर्ताले ५ अर्ब ६७ करोड ९ लाख ७६ हजार रुपैयाँ दाबीसहितको उजुरी दिएका छन् ।

यता, सिभिल सहकारीलाई समस्याग्रस्त घोषणा गरेसँगै बचतकर्ताको ठूलो रकम हिनामिना गर्ने शिव शिखर बहुउद्धेश्यीय सहकारी संस्थालाई पनि समस्याग्रस्त घोषणा गर्ने तयारी गरिएको भूमी, व्यवस्था तथा सहकारी मन्त्रालयको उच्च स्रोतले बताएको छ । ‘बागमती प्रदेश सरकारले सिभिल सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ । समस्याग्रस्त घोषणा गरिएको फाइल केन्द्रमा पठाउने तयारी गरिएको छ ।’, स्रोतले भन्यो, ‘योसँगै अब शिव शिखर सहकारीलाई पनि समस्याग्रस्त घोषणा गर्ने तयारी गरिएको छ ।’

बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा अहिले शिव शिखर सहकारीका तत्कालीन अध्यक्ष केदारनाथ शर्मा र उनकी श्रीमती गिता शर्मासहितका सञ्चालक जेलमा छन् । शिव शिखर सहकारीमा बचतकर्ताको अरबौं रकम फसेपछि हाल देशभरका विभिन्न जिल्लामा प्रहरीले संस्थाविरुद्ध उजुरी दिन अपिल समेत गरेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal