×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिव शिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषणा

अर्थ सरोकार

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार

PRIME CA

शिव शिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । सरकारले दुई सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शिव शिखर बहुउद्धेश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले सहकारी विभागको सिफारिसका आधारमा दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको जनाएको छ । मन्त्रालयका अनुसार दुवै सहकारीले सहकारी ऐन, नियम, मूल्य र मान्यताविपरित काम गरेको र बचतकर्ताको करोडौं बचत फिर्ता नगरेको पाइएपछि सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा ९१० बमोजिम समस्याग्रस्त घोषणा गरिएको हो ।

समस्याग्रस्त घोषणा भएसँगै दुवै सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य अब समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गर्नेछ ।

यसअघि शिव शिखर र तुलसी बहुमुखी सहकारीले बचतकर्ताको बचत हिनामिना गरेको भन्दै सहकारी विभागमा सयौं पीडितहरुले उजुरी दिएका थिए । पीडितहरुले दिएको उजुरी उपर सहकारी विभागले पनि छानविन गरेको थियो । छानविनका क्रममा करोडौं रकम हिनामिना भएको र निष्कर्षसहि विभागले दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रलायलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा मन्त्रालयले दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

योसँगै नेपालमा समस्याग्रस्त घोषणा हुने सहकारीको संख्या १५ पुगेको छ । यसअघि आइतबार मात्रै बागमति प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सिभिल सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यस्तै, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न मितिमा थप १२ सहकारीहरुलाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: