×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षा मन्त्रीलाई सांसद परियारको प्रश्न- ‘सरकारी पदमा बसेर निजी क्षेत्रलाई पोस्ने सरकारी नीति हो ?

PRIME CA

शिक्षा मन्त्रीलाई सांसद परियारको प्रश्न- ‘सरकारी पदमा बसेर निजी क्षेत्रलाई पोस्ने सरकारी नीति हो ?

२१ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सरकारी पदमा बसेर नीजी क्षेत्रलाई पोस्ने सरकारी नीति हो ? भन्दै शिक्षा मन्त्रीलाई प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद परियारले विश्वविद्यालयमा बसेर सरकारी सेवा सुविधा लिने र निजी क्याम्पस चलाउने प्रवृत्ति घातक रहेको बताए । ‘सरकारको पदमा बसेर शिक्षा फैलाउनुको सट्टा बाहिर निजी क्षेत्रमा कलेज संचालन गर्ने अनि अनुगमनमा पनि आफैं जाने । अन्य कलेजलाई त्यसको अध्ययन अध्यापनको बारेमा कुनै पनि अनुगमन नगर्ने ।’ उनले भने ‘शिक्षा क्षेत्रलाई यसरी अगाडी बढाउने यो कहाँको नीति हो ? शिक्षा मन्त्रीलाई मेरो प्रश्न । ’

शिक्षामा भएको चरम राजनीतिका कारण त्रिभुवन विश्वविद्यालय सखाप भएको उनको भनाई छ । विश्वविद्यालय अन्तरगतका संस्थाहरुमा बस्ने र बाहिर निजी क्षेत्रलाई पोस्ने हो भने हामीले भनेको समाजवादले कहाँ लान्छ ? भन्दै सांसद परियारले संसदबाटै प्रश्न गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: