काठमाडौं । सिगल बचत तथा ऋण सहकारी संस्थामा करोडौं रकम हिनामिना भएको पाइएको छ । काठमाडौंको न्युरोडस्थित उक्त सहकारीमा संस्थाकै पदाधिकारीहरुले बचतकर्ताको झण्डै ४ करोड रुपैयाँ हिनामिना गरेको पाइएको हो ।
बचतकर्ताको ३ करोड ९० लाख ११ हजार ३ सय ६० रुपैयाँ हिनामिना भएको भन्दै प्रहरीमा उजुरी परेपछि यो प्रकरण सतहमा आएको हो । यसो त आफूहरुको करोडौँ रकम हिनामिना भएको भन्दै सिगल सहकारीका बचतकर्ताहरुले सहभागी विभागमा समेत उजुरीका दिएका छन् । हाल उक्त सहकारीका अध्यक्ष पुष्करराज श्रेष्ठसहित पदाधिकारीहरुलाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष सुधनमान श्रेष्ठ, सचिव उमा श्रेष्ठसहितका कर्मचारी रहेका छन् । प्रहरीले सहकारीका ९ जना पदाधिकारीलाई सहकारी ठगी मुद्दामा प्रतिवादी बनाएर मुद्धा चलाउन सिफारिस गरेको छ ।
उक्त सहकारीले बैंक तथा वित्तीय संस्थाको भन्दा धेरै ब्याज दिने भन्दै बचतकर्ताहरुलाई मुद्दतीमा बचत गर्न लगाउने गरेकोसमेत खुलासा भएको छ । ‘सुरुमा उहाँहरु नियमित रुपमा आउँनुहुन्थ्यो । बैंकको भन्दा पनि बढी ब्याज दिन्छौँ भनेर विश्वास दिलाउनुभयो । त्यही बढी ब्याजको लोभमा हामीले पनि मुद्दतीमा बचत गर्यौँ ।’, सहकारीका एक बचतकर्ताले भने, ‘पछि थाहा भयो हामीबाट संकलन गरेको रकम संस्थाका पदाधिकारीले दुरुपयोग गरेछन् । अहिले प्रहरी र सहकारी विभागमा उजुरी गरेका छौं ।’
यसो त प्रहरीको अनुसन्धानबाट पनि सिगल सहकारीले बचतकर्तालाई बढी ब्याजको लोभ देखाएर रकम संकलन गरी संस्थाका पदाधिकारी तथा आफन्तलाई बिना धितो कर्जा लगानी गर्ने गरेको खुलासा भएको छ ।
यसरी बिना धितो लगानी गरेको कर्जा नउठ्नु तथा बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सहकारी समस्यामा परेको थियो । आफूहरुको बचत सुरक्षित नभएको भन्दै पछि बचतकर्ताहरु बचत फिर्ता माग्न सहकारी धाउन थालेपछि सहकारीमा करोडौँ रकम हिनामिना भएको बचतकर्ताहरुले थाहा पाएका थिए । हाल उक्त मुद्दामा थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्