×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरबौं हिनामिना गर्ने टिभी संचालक जीबी राईविरुद्ध ८७२ जना सहकारी पीडितको उजुरी, पक्राउको तयारी !

अर्थ सरोकार

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार

PRIME CA

अरबौं हिनामिना गर्ने टिभी संचालक जीबी राईविरुद्ध ८७२ जना सहकारी पीडितको उजुरी, पक्राउको तयारी !

काठमाडौं । गितेन्द्रबाबु (जीबी)राई नेतृत्वको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध ८ सय बढी बचतकर्ताको उजुरी परेको छ । ३२ साउनदेखि भदौ १५ गतेसम्ममा उक्त सहकारीविरुद्ध सहकारीका ८ सय ७२ बचतकर्ताहरुले प्रहरीमा उजुरी दिएका हुन् ।

बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर सहकारीका सञ्चालक भागेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते सहकारीका पीडितहरुलाई जाहेरी दिन आह्वान गरेको थियो । सोही आह्वानपछि सहकारीविरुद्ध उजुरी दिनेहरुको संख्या बढेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिएका छन् ।

‘यसअघि हामीले सूचना नै जारी गरेर सूर्यदर्शन सहकारीका बचतकर्तालाई उजुरीका दिन आह्वान गरेका थियौँ । सोही सूचनापछि उजुरीकर्ताहरु बढेका हुन् ।’, डिएसपी विकले भने, ‘हालसम्म सहकारीविरुद्ध ८ सय ७२ जना बचतकर्ताले ८६ करोड ९९ लाख रुपैयाँभन्दा बढी लरकम फिर्ताको माग गर्दै उजुरी दिएका छन् । सहकारीका बचतकर्ताहरुले दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढ्छ ।’

कास्कीको पोखरा महानगरपालिका वडा न–४ नालाकोमुखमा रहेको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका पदाधिकारीहरुले बचतकर्ताको रकम फिर्ता नगरेको र सहकारीको ठूलो निक्षेप हिनामिना गरी फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरुलाई पनि उजुरी दिन आह्वान गरेको थियो । उक्त सहकारी संस्था सहकारी नेटवर्किङ खडा गरी बचतकर्ताहरुको १६ अर्बभन्दा बढी बचत दुरुपयोग गर्ने गतेन्द्रबाबु (जीबी) राई र उनको समूहले सञ्चालन गरेको सहकारी हो । केही समयअघि सूर्यदर्शन सहकारीबाट पीडित सयौँ बचतकर्ताहरु न्याय माग्दै काठमाडौं आईपुगेको थिए ।

राई टेलिभिजन सञ्चालकसेमत हुन् । सबै उजुरी उपर अनुसन्धान गरेर उनलाई पक्राउ गर्ने तयारी रहेको प्रहरीको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: