×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

दर खाने नाममा ‘दारु’को व्यापार किन बढ्यो ? व्यापारी भन्छन्- ‘तीजका नाममा विकृतिले हद नाघ्यो’

SAGARMATHA CEMENTS

काठमाडौँ । हरितालिका तीजको अघिल्लो दिन आज आइतबार दर खाएर दर खाने दिन मनाइँदै छ । तर दर खाएर रमाइलो गर्ने दिन ‘दारु’ अर्थात रक्सीको माग पनि ह्वात्तै बढेको पाइएको छ । तीजको समयमा रक्सी, बियरजस्ता मदिराजन्य पदार्थको माग ह्वात्तै बढेको हो ।

कोटेश्वरका विभिन्न ७ रक्सी पसलमा गरिएको सोधनीका क्रममा व्यापारीहरुले तीजमा रक्सीको व्यापार ह्वात्तै बढेको स्वीकारे । ‘तीजमा रक्सीको व्यापार अघिल्लो वर्ष पनि बढ्थ्यो । यसपालि अघिल्लो वर्षको जस्तो व्यापार त छैन, तर अरु समयभन्दा तीजको अवसरमा मदिराको व्यापार बढेको भने हो ।’ कोटेश्वरका एक व्यापारीले अर्थ सरोकारसँग भने, ‘हार्ड ड्रिंक्स भन्दा पनि बियर र वाइनको माग बढेको छ ।        

कोटेश्वरकै अर्का व्यापारीले पनि मदिराको व्यापार बढेको स्वीकारेका छन् । ‘दर खाएको भोलिपल्ट ब्रत बस्ने हुनाले आइतबार व्यवसाय अलि कम छ । शनिबार त अचाक्ली व्यापार भएको थियो ।’ ती व्यापारीले अर्थ सरोकारसँग भने- ‘बियर बढी गएको छ । त्यसपछि वाइनको माग बढेको छ ।’  

यता तीजको नाममा अनावश्यक तडकभडक गर्ने प्रचलन बढ्दै गर्दा रक्सीको माग बढेको व्यापारीहरुको तर्क छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal