×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सडेको दूधबरी बेच्ने टिपटप समोसा पसललाई काठमाडौं महानगरले २ लाख तिरायो !

SAGARMATHA CEMENTS

काठमाडौं । काठमाडौं महानगरपालिकाले टिपटप समोसा पसललाई कारवाही गरेको छ । बजार अनुगमनका क्रममा अखाद्य वस्तु बेचेको पाइएपछि महानगरले टिपटपलाई कारवाही गरेको हो । 

काठमाडौं महानगरपालिका मा रहेको टिपटप समोसा पसलले उपभोक्तालाई अखाद्य वस्तु बेचेको पाइएपछि कारवाही गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार उक्त पसललाई कारबाहीस्वरूप दुई लाख रुपैयाँ जरिवाना तिराइएको छ । 

उक्त पसलले उत्पादन गरेर बिक्री गरेको दूधबरी सडेको पाइएको अनुगमन टोलीका प्रमुख डा.अवधेशकुमार झाले बताएका छन् । झाका अनुसार उक्त वस्तु पूर्ण रुपमा बिग्रिएको पाइएको छ । जुन मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

यसरी उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर पर्ने अखाद्य वस्तु बेचेको पाइएपछि कारवाही गरेको महानगरले जनाएको छ । योसँगै महानगरले पसलमा अखाद्य वस्तु नराख्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्नसमेत मातहतका सबै पसलहरुलाई निर्देशन दिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal