×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेबल नराखी जारको पानी बेच्नेलाई काठमाडौं महानगरले कार्वाही गर्ने, जार र बोत्तल कुच्चिएको वा चुहिने हुन नहुने !

PRIME CA

लेबल नराखी जारको पानी बेच्नेलाई काठमाडौं महानगरले कार्वाही गर्ने, जार र बोत्तल कुच्चिएको वा चुहिने हुन नहुने !

२८ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले लेबल नराखी पानीको जार बेच्नेलाई कारवाही गर्ने भएको छ । एक सूचना जारी गर्दै महानगरले प्रशोधित पानीका जारमा लेबल नराख्नेलाई कारवाही गर्ने जनाएको हो ।

पछिल्लो समय पानीको जारको शुद्धतामा चर्को लापरवाही बढेपछि जारको पानीमा शुद्धता कायम गर्ने उद्देश्यले महानगरले जारको पानीमा लेबल नराखे कारवाही गर्ने भएको हो । महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार प्रशोधित पानी बेच्न प्रयोग हुन जार, बोतल कुच्चिएको, फुटेको, एमआरपी मूल्य उल्लेख नभएको, उत्पादन मितिलगायतका विवरण नभएको पाइए कारवाही गरिने भएको छ ।

यतिसम्म कि कतिपय पानीको जारको बिर्कोबाट पानी चुहिने गरेको भेटिएकोले यस्तो पाइए पनि कारवाही हुने महानगरले जनाएको छ ।

‘पानीको शुद्धतामा व्यवसायीले ध्यान नदिँदा हानिकारक सूक्ष्म जीवाणुहरू मानव शरीरमा प्रवेश गरी संक्रमण रोग फैलिने जोखिम हुन्छ । यसर्थ सम्पूर्ण व्यवसायीलाई ‘प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएका मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी तथा बिक्री वितरण प्रबन्ध मिलाउन सूचित गरिन्छ ।’, महानगरको सूचनामा उल्लेख छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: