- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा वृद्धा आश्रम भनेर निर्माण गरिएको भवनमा सुधार गृह बनाउन लागिएको भन्दै स्थानीयहरु आन्दोलित बनेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा निर्माण गरिएको सुविधा सम्पन्न भवनमा स्थानीयसँगको समन्वयबिनै सुधार गृह बनाउन लागिएको भन्दै स्थानीयहरु आन्दोलित बनेका हुन् ।
यसअघि वृद्धा आश्रम बनाउने भन्दै निर्माण गरिएको उक्त भवनमा नगरपालिकाले स्थानीयसँग कुनै समन्वय नै नगरी सुधार गृह बनाउने पहल गरेको स्थानीयहरुको आरोप छ ।

‘एउटा प्रयोजनका लागि निर्माण भएको संरचना अर्को प्रयोजनका लागि प्रयोग गर्नु गलत हो ।’, आन्दोलनरत एक स्थानीयले भने, ‘यसमा हाम्रो पूर्ण विमति छ । कुनै पनि हालतमा यहाँ सुधार गृह निर्माण हुन दिदैनौँ ।’
आन्दोलनरत स्थानीले उक्त वृद्ध आश्रम भनेर निर्माण गरिएको भवनमा तालाबन्दी समेत गरेका छन् । साथै उनीहरुले ‘वृद्धा आश्रम भनिएकोमा सुधार केन्द्र चाहिँदैन’ भन्दै नाराबाजीसमेत गरेका थिए । हाल आन्दोलनरत स्थानीय र धनगढी उपमहानगरपालिकाबीच वार्ता चलिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्