×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँको मुखमा चामल, र खानेतेलको होलसेल मूल्य घट्यो, चिनी र दालको भाउ बढ्यो, जिराको मूल्य दोब्बरभन्दा बढी…!

GLOBAL IME BANK
SHREE KESH

दशैँको मुखमा चामल, र खानेतेलको होलसेल मूल्य घट्यो, चिनी र दालको भाउ बढ्यो, जिराको मूल्य दोब्बरभन्दा बढी…!

१७ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चामल र खानेतेलको होलसेल मूल्य घटेको छ । दशैँ नजिकिए पनि सोचेअनुसार व्यापार नभएपछि उत्पादकहरुले नै चामल र खानेतेलको मूल्य घटाएका हुन् ।  नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले होलसेलमा खाने तेल र चामलको मूल्य घटेको पुष्टी गरेको छ । संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार यो बर्ष खासै व्यापार नहुँदा उत्पादकहरुले नै होलसेल मूल्य घटाएका हुन् ।
व्यवसायीहरुका अनुसार चामलको मूल्य किलोमा २ रुपैयाँ अर्थात २५ केजीको बोरामा ५० रुपैयाँले घटेको छ ।  मन्सुली, जिरा मसिनो, लगायतका सबै प्रकारका चामलको मूल्य घटेको छ ।
यस्तै, खाने तलेको मूल्य लिटरमा २२ रुपैयाँसम्मले घटेको छ । दुई सय रुपैयाँसम्म लिटरमा होलसेलमा बिक्री भइरहेको तेलको मूल्य १७८ रुपैयाँमा आईपुगेको व्यवसायीहरुले जनाएका छन् ।व्यवसायीहरुका अनुसार तोरीको तेलको मूल्य १० रुपैयाँले घटेको छ भने सूर्यमुखी र भटमासको तेलको मूल्य भने लिटरमा २२ रुपैयाँले घटेको छ ।
यता व्यवसायीहरुका अनुसार चिनी, गेडागुडी, र मसलाको होलसेल मूल्य भने दशैँको मुखमा बढेको छ । यीमध्ये पनि सबैभन्दा बढी भाउ चिनीमा बढेको छ । केहि समय अघिमात्र ८० रुपैयाँ होलसेल मूल्य रहेको चिनी अहिले १३० रुपैयाँसम्म पुगेको छ । यो एक महिनाभित्रै भएको बढोत्तरी हो । जिराको मूल्य एक बर्षमै ५ सय ५० रुपैयाँबाट १ हजार ३५० रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै रहर दालमा प्रति केजी किलो ५० रुपैयाँ बढेको छ भने मासको दालको मूल्य १० रुपैयाँले बढेर १८० रुपैयाँ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: