×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंको पाँचौं दिन : दक्षिणकली मन्दिरमा भक्तजनको घुइँचो (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार

PRIME CA

दशैंको पाँचौं दिन : दक्षिणकली मन्दिरमा भक्तजनको घुइँचो (फोटो-कथा)

काठमाडौं । नवदुर्गा पूजाको आज पाँचौ दिन मुलुकभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिँदै छ । त्यस्तै, दक्षिणकली माताको मन्दिरमा पनि पुजा आराधनाका लागि भक्तजनको घुइँचो लागेको छ ।

स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्ने गरिन्छ । स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन स्कन्दमाताको पूजा आरधना गरी ज्ञान, भक्ति र कर्म शक्तिको लागि प्राथना गर्ने गरिन्छ ।

स्कन्दमाताको पूजा गर्नाले व्यक्तिको व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि शक्ति र प्रेरणा मिल्ने विश्वास गरिएको पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. माधव भट्टराई बताउँछन्। घटस्थापनाको दिनदेखि नवरात्रसम्म दूर्गादेवीका नौ रुपको पूजा गरिन्छ । नवरात्रभर देशभर रहेका शक्तिपीठहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ । बाँकि तस्विरमा हर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: