×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याजदर घटेसँगै काठमाडौंमा घरजग्गाको कारोबार बढ्यो, मंसिरदेखि झनै बढ्ने व्यवसायीहरुको दाबी ! 

PRIME CA
GLOBAL IME BANK

ब्याजदर घटेसँगै काठमाडौंमा घरजग्गाको कारोबार बढ्यो, मंसिरदेखि झनै बढ्ने व्यवसायीहरुको दाबी ! 

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँमा घरजग्गा कारोबारमा वृद्धि भएको देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पछिल्लो समय काठमाडौँमा घरजग्गा कारोबार बढेको देखिएको हो । 

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौमा काठमाडौँ उपत्यकामा एक हजार नौ सय ५० सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । तर, असोजमा महिनामा भने काठमाडौँ उपत्यकामा दुई हजार तीन सय १५ सङ्ख्यामा घरजग्गा कारोबार भएको छ । जुन भदौको तुलनामा १८ प्रतिशतले बढी हो । 

त्यस्तै, साउनमा भने काठमाडौँमा एक हजार सात सय ६० सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८० ८१ को सुरुवातसँगै काठमाडौँमा घरजग्गाका कारोबार पनि बढेको छ । 

घरजग्गा कारोबार बढेसँगै कित्ताकाट पनि बढेको देखिन्छ । भदौ महिनाको तुलनामा असोज महिनामा जग्गाको कित्ताकाट ३४ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यता पछिल्लो समय घरजग्गाको कारोबार बढ्नुको कारण कित्ताकाट फुकुवा हुनु, बैंक कर्जाको ब्याजदर घट्नु र रेमिट्यान्स बढ्नु रहेको जानकारहरु बताउँछन् । जसमध्ये पनि बैंकको ब्याजदर घट्नुलाई धेरैले जग्गाको कारोबार बढ्नुको प्रमुख कारणको रुपमा विश्लेषण गरेका छन् । यही स्थिति रहे मंसिरदेखि घरजग्गा कारोबार झनै बढ्ने व्यवसायीहरुले दाबी गरेका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: