×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घटस्थापनाको दिन देशभरका शक्तिपीठमा भक्तजनको भिड… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार

PRIME CA

घटस्थापनाको दिन देशभरका शक्तिपीठमा भक्तजनको भिड… (फोटो-कथा)

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं सुरु भएको छ । दशैंको पहिलो दिन अर्थात् घटस्थापनाको दिन देशभरका मठ मन्दिरमा भक्तजनको भिड लागेको छ ।

आज विधिवत रुपमा चोखोनिधो गरी दशैं घर वा पूजाकोठामा चोखो बालुवा या माटोमाथि जौ,वा मकै छरेर जमरा राख्ने गरिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जौ छरेर जमरा उमार्ने र आज रोपेको जमरा विजया दशमीका दिन मान्यजनहरुबाट टीका ग्रहण गर्दा लगाईन्छ ।

घटस्थापनाको उपलक्ष्यमा हनुमान ढोका दरबारमा रहेको दशैंघरमा वैदिक बिधिपुर्वक जमरा राखी महाकाली, महालक्ष्मी,महासरस्वती लगतायत नवदुर्गा र अन्य शक्तिपिठहरुमा नवरात्रीको पुजाको शु्भारम्भ हुन्छ ।

यस अवसरमा नक्साल भगवती, शोभा भगवती, पलाञ्चोक भगवती,नाला भगवती, मनकामना, छिन्नमस्तालगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्न भक्तजनको भिड लागेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: