×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘वर्ल्ड इन्भेष्टर्स विक’ सुरु, सप्ताहको पहिलो दिन आयोजित कार्यक्रममा जे देखियो… (फोटो-कथा)

PRIME CA

‘वर्ल्ड इन्भेष्टर्स विक’ सुरु, सप्ताहको पहिलो दिन आयोजित कार्यक्रममा जे देखियो… (फोटो-कथा)

१५ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ‘वर्ल्ड इन्भेष्टर्स विक २०२३’ को अवसरमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र स्टक ब्रोकर एसोसिएशनको संयुक्त आयोजनामा धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रमको आयोजना गरिएको छ । सोमबार काठमाडौंको होटल हिमालयमा आयोजित सो कार्यक्रमको उद्धघाटन अर्थमन्त्री डा. प्रकाश शरण महतले गरेका थिए ।

सो कार्यक्रममा नेपाल धितोपत्र बोर्डले लगानीकर्ताका गुनासा सुनुवाईका लागि एआईमा आधारित च्याटबोटको सुरुवात गरेको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालले उक्त च्याटबोटले लगानीकर्ताका जिज्ञासा र गुनासा सुनुवाईमा मद्दत पुग्ने बताएका थिए ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका सिईओ कृष्ण बहादुर कार्की, अर्थमन्त्री प्रकाशशरण महत र थुप्रै लगानीकर्ताहरुको उपस्थिति  रहेको थियो । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: