काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका सहकारी खारेज गर्ने भएको छ । महानगरले आफ्नो कार्यक्षेत्र भित्र रहेका सहकारीहरुको अनुगमन गर्ने र मापदण्डविपरीतका सहकारी खारेज गर्ने भएको हो ।
सहकारी विभाग काठमाडौं महानगरका प्रमुख बलराम तिवारीका अनुसार महानगरभित्र १९ सय सहकारी छन् र ति मध्ये १६ सय बचत तथा ऋण सहकारी रहेका छन् । सहकारी ऐनअनुसार पाँच हजार जनसंख्यामा एक बचत तथा ऋण सहकारी हुनुपर्छ । त्यसैले महानगरको जनसंख्याअनुसार एक सय ६० बचत तथा ऋण सहकारी भए पुग्छ । ‘महानगरभित्र चाहिनेभन्दा धेरै सहकारी छन् । त्यसैले महानगरको जनसंख्याअनुसार एक सय ६० बचत तथा ऋण सहकारी भए पुग्ने अवस्था छ ।’ उनले भने ‘कडाइका साथ अनुगमन गरेर सहकारीको संख्या घटाउँछौँ । कानुनबमोजिम चलेको छैन भने खारेज गर्ने हो ।’
महानगरभित्र आवश्यकता भन्दा धेरै सहकारी रहेकाले संख्या घटाउने तयारी गरिएको त्रिपाठीले बताएका थिए । दशैं अगाडी नै कार्यक्षेत्र भित्रका सहकारीमा अनुगमन गरिने र मापदण्डविपरीतका सहकारीलाई कारवाही गरिने उनले बताएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्