काठमाडौँ । रक्सीको नाममा नेप्सेको नाम जोडेर गलत काम भएको भन्दै अर्थ सरोकारले समाचार सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सागर डिष्टिलरी लिमिटेडलाई सो कम्पनीले सार्वजनिक गरेको ‘नेप्से बुल’ नामक ह्विस्कीको नामबाट नेप्से हटाउन निर्देशन दिएको हो । सो ह्विस्कीले नेप्सेको नाम दुरुपयोग गरेको भन्दै नेप्सेले आफ्नो नाम हटाउन निर्देशन दिएको हो ।
नेप्सेका सीइओ कृष्ण बहादुर कार्कीले नाम हटाउन निर्देशन दिएको पुष्टी गरे । ‘हामीले १५ दिनभित्र ह्वीस्कीबाट नेप्सेको नाम हटाउन निर्देशन दिएका छौं । समयमा नाम नहटे बाँकी लिगल प्रोसेस अघि बढ्छ।’ उनले भने ।
नेप्से बुल नामक सो रक्सी सार्वजनिक हुनु अघि कम्पनीले सेयर बजारका सेलिब्रेटीहरुको फोटो शुट गरेर रक्सीको प्रचारप्रसार गर्ने प्रयास गरेको थियो ।
नेप्से बुल ह्विस्कीमाथि नेपाल धितोपत्र बोर्डको समेत आपत्ति छ । बोर्डले नेप्सेले कदम नचाले आफु एक कदम माथि उठेर सो रक्सीले गरेको बेइमानीविरुद्ध लाग्ने तयारी गरेको बोर्डका अधिकारीहरु बताउँछन् ।
१५ दिनभित्र नाम हटाउन नेप्सेले निर्देशन दिएपछि कम्पनीलाई सबै स्टक १५ दिनभित्र क्लियर गर्न र बाँकी उत्पादन रोक्न दबाब परेको छ । नेप्सेको निर्देशनले कम्पनीले नेप्से बुल नामको रक्सीको बोत्तलमा गरेको लगानीसमेत डुब्ने देखिएको छ । नेप्सेको निर्देशन नमाने सो रक्सीको विक्री वितरणसमेत रोक्ने गरी सम्बन्धित निकायलाई पत्र काट्ने तयारी नेप्सेले गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्