×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आइ एम अ नेप्से बुल’ भन्दै सेयर बजारका ‘सेलिब्रेटी’को फोटो सेसन कसले गरायो ? के हो फण्डा ?

अर्थ सरोकार

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार

PRIME CA

‘आइ एम अ नेप्से बुल’ भन्दै सेयर बजारका ‘सेलिब्रेटी’को फोटो सेसन कसले गरायो ? के हो फण्डा ?

काठमाडौँ । यतिबेला सेयर बजारका सेलिब्रेटीहरुले ‘आई एम नेप्से बुल’ भन्दै फोटो फेसबुकमा सेयर गरिरहेका छन् । सेयर बजारका चर्चित लगानीकर्ताहरुदेखि लगानीकर्ताका नेताहरुसम्मले आफ्नो फोटोमा ‘आई एम नेप्से बुल’ भनेर राखिरहेका छन् । आखिर यो बजार घटेर लगानीकर्ता ‘प्यानिक’ भईरहेका बेला कसले यस्तो फोटो सेसन गरायो ? के प्रयोजनका लागि गरायो ? हामीले यस विषयमा यसरी फोटो खिच्ने बजारका केहि सेलिब्रेटीहरुलाई फोन गर्यौँ ।

आफ्नै साथी भएकाले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक लगानीकर्ता सो फोटो सेसन सन्दीप जलानको टिमले ल्याउन लागेको एक ह्विस्कीको विज्ञापन भएको बताए । ‘हामी सबैलाई सन्दीप सरले बोलाउनुभएको थियो । उहाँहरुले नेप्से बुल नामको ह्विस्की ल्याउन लाग्नुभएको छ । त्यसैका लागि हामीले फोटो सेसन गरेका हौँ ।’ ती लगानीकर्ताले अर्थ सरोकारसँग भने, ‘हाम्रो फोटो पछि रक्सीको लन्चिङ कार्यक्रममासमेत देखाउने भनिएको छ ।’

तर रक्सीको विज्ञापन गर्नु त गैरकानुनी काम हो नि होइन र ? केहि समय अघिमात्र अदालतले रक्सीको विज्ञापन नगर्न नगराउन भनेको होइन र ?’ हाम्रो प्रश्नमा उनले भने, ‘होर ? त्यो त थाहा भएन त । एक पटक सन्दीप सरलाई नै सोध्नुपर्ला ।’

यस विषयमा त्यसपछि हामीले सन्दीप जलानलाई फोन गर्यौँ । फोटो खिच्नेहरुले रक्सीको विज्ञापनकै लागि फोटो खिचेको बताए पनि उनले भने रक्सी भनेर कतै उल्लेख नभएको दाबी गरे । ‘म नेप्से बुल हो भनेर लेखेको हो । रक्सीको लोगो कतै छैन । त्यसैले हामीले रक्सीको विज्ञापन गरेको होइन ।’

यता रक्सीको विज्ञापन गर्न नपाइने सर्वोच्च अदालतको पछिल्लो निर्णयबारे थाहा पाएपछि केहि लगानीकर्ताहरुले हालेको फोटोसमेत सामाजिक संजालबाट हटाएका छन् ।

सर्वोच्च अदालतले मदिराको विज्ञापन र प्रचार प्रसारमा रोक लगाउन सरकारलाई केहि समय अगाडी नै आदेश दिईसकेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मदिराजन्य सामग्रीको विज्ञापन नहुने सुनिश्चितता गर्न आदेश दिएको थियो । सर्वोच्चको सोहि आदेशपछि अहिले संचारमाध्यमहरुमा रक्सीको कहीं कतै पनि विज्ञापन देखिंदैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: