काठमाडौँ । नेप्से बुल नामको ह्विस्की बजारमा आउने भएको छ । मदिरा व्यवसायीसमेत रहेका एक ब्रोकरले सो ब्राण्डको रक्सी बजारमा ल्याउन लागेका हुन् । सेयर बजारमै लागेका व्यक्तिको कम्पनी भएकाले सो ह्विस्कीको नाम नै नेप्से बुल राख्न लागिएको हो ।
सो रक्सी आउनै लाग्दा अहिले सो रक्सी ल्याउने कम्पनीले सेयर बजारका सेलिब्रेटीहरुलाई बोलाएर फोटो सेसन गराई सामाजिक संजालमा राख्न लगाएको छ । सोहि अनुसार अहिले विभिन्न सेयर लगानीकर्ताले ‘आइ एम नेप्से बुल’ लेखेको फोटो सामाजिक संजालमा पोष्ट गरिरहेका छन् । यो प्रचारप्रसारको पुरानै शैली हो । यद्यपी रक्सीको विज्ञापन भन्ने बुझेका लगानीकर्ताहरुले भने सेयर बजारका लगानीकर्ताहरुले रक्सीको प्रचार प्रसार गर्नु गलत हो भनेर आलोचना गरिरहेका छन् ।
यसो त, कतिपयले सुरुमा साथीभाईले भनेको भन्दै आफ्नो तस्विर सामाजिक संजालमा राखेपनि रक्सीको विज्ञापन गर्न अनुचित भएको चौतर्फी सल्लाहपछि सो फोटो आफ्नो सामाजिक संजालबाट हटाएका छन्।
यता नेप्सेले नेप्से बुल नामको रक्सी आएको खण्डमा आफुहरुले प्रतिवाद गर्ने बताएको छ । नेप्सेका एक उच्च अधिकारीले आफुहरुले पनि नेप्से बुल नामको रक्सी बजारमा आउन लागेको थाहा पाएकाले यस विषयमा आवश्यक छलफल गरेर प्रतिवादको तयारी गर्ने बताएका छन् । ‘आज रक्सीको नाम नेप्सेको नाम जोडेर राखे । भोलि कसैले भित्री बस्त्रको नाम पनि नेप्से जोडेर राख्ला, यो उचित काम बह्येना । बुल राख्ने कुरामा वा वियर राख्ने कुरामा समस्या होइन । तर नेप्सेको नाम जोड्ने कुरामा भने नेप्सेको स्वाभाविक आपत्ति हुन्छ ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘यो कुरा औपचारिक रुपमा नेप्सेमा उठाउनुपर्छ तर उठिसकेको छैन । छलफल गरेर सम्बन्धित निकायलाई पत्राचार गर्ने लगायतका काम गर्छौँ ।’
ती अधिकारीले सेयर बजारका लगानीकर्ता नै घुमाउरो पाराले रक्सीको विज्ञापनमा लाग्नु दुखद् भएकोसमेत तर्क गरे । ‘यो काम सहि हो जस्तो लाग्दैन। भलै, जाने बुझेका सरहरु हुनुहुन्छ, उहाँहरुले बुझेर नै यो काम गर्नुभएको होला ।तर यो काम ठिक भयो जस्तो लाग्दैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्