×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अफलाइन राइड गर्ने पठाओ र इनड्राइभका ८३ राइडर पक्राउ !

LAXMI SUNRISE BANK
GLOBAL

अफलाइन राइड गर्ने पठाओ र इनड्राइभका ८३ राइडर पक्राउ !

२९ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पठाओ र इनड्राइभका राइडरहरु पक्राउ परेका छन् । अफलाइन ड्राइभ गरेको आरोपमा प्रहरीले ८३ जना राइडरहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पछिल्लो समय विभिन्न अपराधिक घटनाहरुमा अफलाइनमा संचालन हुने सवारी साधन  संलग्न भेटिएका छन् । त्यसैले, अनलाइन सेवा बन्द गरेर अफलाइनमा सर्वसाधारणलाई ओसारपसार गरेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएकाले अफलाइन राइडरहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

अफलाइनमा यात्रा गर्नु जोखिमपूर्ण हुने भन्दै प्रहरीले ‘अफलाइन राइड सेयर’ नगर्न सबैलाई आग्रह समेत गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी