काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशीको इसारामा चलेको पार्टी भन्नेहरूलाई बहस गरेर आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित क्षेत्रीय भेला तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा नेपाली जनताबाहेक कसैको चन्दा, कसैको जुठोपिरो नखाने बाचा गरेर हिँडेको पार्टी भएको भन्दै विदेशीको इसारामा नचल्ने बताएका हुन् ।
‘मैले बारम्बार भनेको छु, प्रमाणित गर्नुस् । आउनुस्, कहाँ बहस गर्ने ? जहाँ बहस गर्न पनि हामी तयार छौं । तर, भन्दिएको भरमा फलाना युरोपियनले चलाएको, इन्डियनले चलाको रे, अमेरिकनले चलाएको रे भन्दिएको भरमा हुन्छ ?’ उनले भने, ‘आफ्नो पार्टी कार्यालयमा विदेशी नेताको फोटो र तस्वीर टाँसेर, दलको नाम विदेशी नाममा राखेर, नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएका, एकसेएक नेपाली आमाका सुपुत्र सुपुत्री बोक्न नेपाली जनताबाहेक कसैको चन्दा, कसैको जुठोपिरो नखाने बाचा गरेर हिँडेको पार्टी विदेशीको इसारामा चल्दैन, कसैको जुठो खाँदैन ।’
लामिछानेले सडकमा गएर सरकारको विरोध गर्नुपर्थ्यो भनेर आफ्नो पार्टीलाई पम्प दिने काम भएको जानकारी दिए । विशेष अवस्थामा बाहेक पाँच वर्षमा एकपटक मत हाल्न लगाएर मतपत्रबाट जनताको सबै काम गर्ने उनको जिकिर छ । उनले भने, ‘मलाई र हाम्रा दलका नेताहरुलाई, यस्तो मौका गुमाउनुभयो । मौकामा सडकमा आएर सरकारको विरोध गर्नुपर्थ्यो र तपाईंले भन्यो भने माइतीघरमा सबै आउँछन् भनेर भनेर धेरैले आएर पम्प हाल्ने काम गरे । विशेष अवस्थाभन्दा बाहेक हामी तपाईंहरुलाई बाहिर ल्याउन चाहँदैनौं, आफ्नो काम गर्नुस् ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्