×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनर्बीमा कम्पनीको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पुनर्बीमा कम्पनीको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

Artha Sarokar

१२ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको ५ संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कार्तिक ३ गतेदेखि लिलामी खुला भएको कम्पनीको ५ लाख कित्ता संस्थापक सेयरमा आजसम्म आवेदन दिन सकिनेछ ।

विशाल ग्रुपको स्वामित्वमा रहेको उक्त सेयरमा कम्पनीका संस्थापक सेयरधनी तथा अन्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।

आवेदन दिँदा न्यूनतम २ सय ७० रुपैयाँ वा सो भन्दा बढी मुल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक सेयरका लागि लगानीकर्ताले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त सेयरको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी