×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेमिट्यान्सबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य बस्तुमा खर्च, मनोरञ्जनमा मात्र ८ प्रतिशत

GLOBAL IME BANK
SHREE KESH

रेमिट्यान्सबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य बस्तुमा खर्च, मनोरञ्जनमा मात्र ८ प्रतिशत

२३ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विप्रेषण आप्रवाह (रेमिट्यान्स) बाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य बस्तुमा खर्च हुने गरेको पाइएको छ । राष्ट्र बैंकल सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनले यस्तो बताएको हो ।

लुम्बिनी प्रदेशका पाँच जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका ३८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदनका अनुसार रेमिट्यान्सबाट भित्रिएको रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको छ ।

विप्रेषणका रुपमा भित्रिएको रकममध्ये दैनिक उपभोगमा मात्र ५८.७८ प्रतिशत खर्च हुने गरेको देखिइएको छ भने शिक्षा तथा स्वास्थ्य क्षेत्रमा २२.४८ प्रतिशत, ऋण तिर्न १०.७ प्रतिशत र मनोरञ्जन तथा अन्य क्षेत्रमा ८.६७ प्रतिशत खर्च गर्ने गरेको अध्ययनमा उल्लेख छ । अध्ययनमा समेटिएका परिवारमध्ये ९६.६१ प्रतिशत परिवारको दैनिक उपभोग खर्च वैदेशिक रोजगारीमा जानुपूर्वको तुलनामा बढेको पाइएको छ । त्यस्तै, ९६.०८ प्रतिशत परिवारको चाडपर्व, मनोरञ्जन, सामाजिक खर्च समेत बढेको पाइएको छ ।

व्यापार व्यवसायमा लगानी गर्ने ६८.२१ प्रतिशत, घरघडेरीमा लगानी गर्ने ६५.८० प्रतिशत र गरगहना खरिद गर्ने ६३.१९ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार विगत १० वर्षको विप्रेषण आप्रवाह वार्षिक औसत ११.१३ प्रतिशत छ । आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ विप्रेषण रकम नेपाल भित्रिएको थियो । आर्थिक २०७९/८० सम्म आइपुग्दा १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ पुगेको देखिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: