×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याजदर घटाउने निर्णय, अर्थतन्त्रको सम्भावित वृद्धि सक्षम हुने विश्वास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

श्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याजदर घटाउने निर्णय, अर्थतन्त्रको सम्भावित वृद्धि सक्षम हुने विश्वास

Artha Sarokar

१८ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । श्रीलंकाको केन्द्रीय बैंकले निक्षेप तथा कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ ।  त्यहाँको केन्द्रीय बैंकसेन्ट्रल बैंक अफ श्रीलङ्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थायी निक्षेप सुविधाको ब्याजदर र स्थायी कर्जा सुविधाको ब्याजदर एक सय आधार विन्दुमा क्रमशः १० र ११ प्रतिशतले घटाएको जनाएको हो ।

यो निर्णयले अर्थतन्त्रको सम्भावित वृद्धिलाई सक्षम बनाउने अपेक्षा गरिएको छ । यता केन्द्रीय बैंकले मौद्रिक अवस्थाको निरन्तर सहजताको लाभ व्यक्ति र व्यवसायहरूलाई पर्याप्त र द्रुतरूपमा हस्तान्तरण गर्नसमेत आग्रह गरेको छ ।

श्रीलङ्काले बढ्दो मुद्रास्फीतिको सामना गर्न सन् २०२२ मा श्रीलंकामा ब्याजदर बढाइएको थियो भने सन् २०२३ मा उक्त ब्याजदरलाई दुई पटक घटाइएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी