×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर अधिकारीलाई सुबास भट्टराईको सुझाव- ‘आर्थिक मन्दीलाई पार लगाउने निकाय राष्ट्र बैंक नै हो, पुनर्जीवन दिनूस्’

अर्थ सरोकार

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार

PRIME CA

गभर्नर अधिकारीलाई सुबास भट्टराईको सुझाव- ‘आर्थिक मन्दीलाई पार लगाउने निकाय राष्ट्र बैंक नै हो, पुनर्जीवन दिनूस्’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नरलाई सेयर बजारका अधेयता सुबास चन्द्र भट्टराईले आर्थिक मन्दीलाई पार लगाउने निकाय नेपाल राष्ट्र बैंक नै भएकाले सारा बजारलाई पुनर्जीवन दिन आग्रह गरेका छन् । सामाजिक संजालमार्फत उनले डिप्रेसनमा गएको सारा बजारलाई पुनर्जीवन दिन आग्रह गरेका हुन् ।

अर्थमन्त्रीले गभर्नरलाई बोलाउँदा गभर्नरले कुर्नुपरेको र सोहि कारण गभर्नर अर्थमन्त्रीसँग फायर भएको हल्ला र चर्चालाई उल्लेख गर्दै भट्टराईले बिजनेश चेन भत्किंदाको परिणाम कसैले नसोचेको र त्यस्तो भएको स्थितिमा कोहि पनि बाँकी नरहनेतर्फ गभर्नर सचेत बन्न आग्रहसमेत गरेका छन् ।

‘तपाईंलाई अर्थमन्त्रीले बोलाएर उनी आफ्नो कक्षमा आफ्ना पाटीका कार्यकर्तासँग १/२ घण्टा रमाए होलान् । तपाईंले कुर्नुपर्यो होला । (कुर्दाखेरी मनमा अनेक बिचारहरु उब्जे होलान् । अर्थको बिषयमा म माननीय मन्त्री भन्दा जानेबुझेको व्यक्ति हुँ, प्रोटोकलले मात्र अर्थमन्त्री माथि छन्। अर्थिक ज्ञानमा त, म माथि छु, उनका हाउरेभौरे सग बसेर गफिने मलाई तल कुर्न लगाउने ?) …सरकारलाई मैले किन सहयोग गर्ने ? स्वायत निकाय हो राष्ट्र बैंक भनेर नीति (चेपुवा) लगाएर सरकारलाई असहयोग गर्नु भो ।’ भट्टराईले लेखेका छन् -‘सरकारका मन्त्रीलाई लाग्यो होला, सरकार बद्लिने साथ अर्थतन्त्र कसरी बिग्रियो ? सीसीडी रेसियो किन सीडीमा बदलेको ? पूरा पूँजीलाई चलायमान गर्नुको साटो किन संकुचित गरेको ? सरकारलाई असहयोग गर्ने ? अनि सरकारले गभर्नरलाई अपथस्थ गर्यो । अदालतले तपाईंलाई जिताईदियो।’

तर जित्नुको अर्थ साँढे बन्नु नभई कर्तव्य निवारण गर्नु हो भन्ने उल्लेख गर्दै उनले गभर्नरलाई मुटुमा हात राखेर आफैंलाई प्रश्न गर्न आग्रह गरेका छन् ।

‘मुटुमा हात राखेर आफैलाई प्रस्न गर्नुहोस् । सरकारलाई असह्योयोग गरे पनि जनतालाई सहयोग त गर्नुपर्यो । ब्यापारी, उध्योगी, लगानीकर्ताको मर्म अनि अर्थतन्त्र चलायमान गरी देशको लागि के के गर्नुहुँदैछ । राजनैतिक नेता र उच्च पदस्थ कर्मचारी बाहेक सबै दुःखी छन् यो बेला । महाप्रसादको अर्थ चाहिँ धार्मिक हिसाबले प्रसादको पनि राजा, अमृत हो। बिजनेश चेन भत्किंदाको परिणाम कसैले सोचेकै छैन । कोहि बाँकी रहदैन । यो आर्थिक मन्दीलाई पार लगाउने निकाय रास्ट्र बैंक नै हो। डिप्रेसनमा गएको सारा बजार ९सेयर बजार भनेको होईन० पुनर्जीवन दिन हार्दिक अनुरोध गर्दछु।’ उनले लेखेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: