×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रि–इन्स्योरेन्सको सिईओमा उपासना पौडेल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हिमालयन रि–इन्स्योरेन्सको सिईओमा उपासना पौडेल नियुक्त

Artha Sarokar

१४ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले सिईओ चन्द्रशेखरनको राजिनामा स्वीकृत गर्दै कम्पनीको नयाँ सिईओमा पौडेललाई नियुक्त गरेको हो । समितिको बैठकले पौडेललाई सिईओमा नियुक्त गर्ने प्रस्ताव स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाएको छ ।

पौडेल यसअघि युनाइटेड इन्स्योरेन्समा सिईओका रुपमा कार्यरत रहेको थिइन् । उनी गत कार्तिक अन्तिम सातामा युनाइटेड इन्स्योरेन्सबाट बाहिरिएकी थिइन् ।

भारतको दिल्ली युनिभर्सिटीबाट एमबिए गरेकी पौडेलसँग भारतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारतीय एक्सामा एक दशक कार्यानुभव रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी