×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ता सप्ताह : सचेतनाका सन्देश लिएर ब्रोकरहरु सडकमा, ‘बुझेर लगानी गरे सेयर बजार सुन्दर छ’ (फोटो-कथा)

PRIME CA

लगानीकर्ता सप्ताह : सचेतनाका सन्देश लिएर ब्रोकरहरु सडकमा, ‘बुझेर लगानी गरे सेयर बजार सुन्दर छ’ (फोटो-कथा)

२० आश्विन २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । वर्ल्ड इन्भेष्टर्स विकका अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकार डटकमको संयुक्त आयोजनामा नयाँ सेयर ब्रोकरहरुको वाकाथन कार्यक्रम सम्पन्न भएको छ । सेयर सचेतानाका विभिन्न नाराहरुसहितका प्ले कार्ड बोकेर काठमाडौँको भृकुटीमण्डपदेखि बसन्तपुर दरबार स्क्वायरसम्म वाकाथनमा सहभागीहरु सहभागी थिए । उनीहरुले बुझेर लगानी गरे सेयर बजार सुन्दर छ, सेयर बजार जुवा होइन, बरु वैकल्पिक आम्दानीको कुवा हो, लगायतका प्ले कार्डहरुहरु बोकेर वाकाथनमा सहभागी भएका थिए ।

कार्यक्रम बोर्ड अध्यक्ष हमाल र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अध्यक्ष पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न ब्रोकर हाउसबाट झन्डै ५०० कर्मचारीको सहभागीता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बोर्ड अध्यक्ष हमालले बजार बिकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने भनाई व्यक्त गरेका थिए । बाँकी फोटो कथामा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: