Skip to content
LAXMI SUNRISE BANK

विश्व बैंकले माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने

अर्थ सरोकार

काठमाडौं । विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण दिने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि विश्व बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताएका हुन् । विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी भई स्वदेश फर्केका अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

माथिल्लो अरुण जलविद्युत परियोजनाको लागि विश्व बैंकले १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उनले बताएका थिए । उनले भने, ‘अरुण जलविद्युत आयोजनामा विश्व बैंकले महत्वपूर्ण नेतृत्वदायी सहयोग गर्ने भएको छ । त्यसमा पनि हामीले सहुलियतपूर्ण ऋणका आधारमा आयोजना अगाडि बढाउनुपर्ने, यो बजार ब्याजदर महँगो पर्ने हुनाले हामीले त्यसको भार न्यून हुनुपर्ने, सकेसम्म पुरै सहुलियतपूर्ण ऋण हुनुपर्ने कुरामा जोड दिएका छौं ।’

महतले विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका आकिहिको निसिओसँगको छुट्टै छलफलमा माथिल्लो अरुण जलविद्युत आयोजनाबारे छलफल गरेका थिए । अमेरिकी डलर ३०० मिलियन अर्थात् ३९ अर्ब रुपैयाँ बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्ष सहमत भएको जानकारी महतले दिएका छन् ।

त्यस्तै, आइएफसीका क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलिटीसँग अर्थमन्त्री सहितको टोलीले गरेको बैठकमा निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने, सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्ने, नवप्रवर्तनिय वित्तिय उपकरणहरू साथै इक्विटी एक्सपोजरमा विविधीकरण गर्दै सार्वजनिक, निजी साझेदारीमा परियोजना विकासका लागि प्राविधिक सहयोग परिचालन गर्ने, स्थानीय मुद्रामा आधारित बन्ड मार्फत थप पुँजी परिचालन गर्ने र आइएफसीको आगामी कन्ट्री पार्टनरसीप फ्रेमवर्कमा उल्लेखित कुरा समावेश गर्ने छलफल भएको उनले जानकारी गराए ।

उनले कोरियन पक्षलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, तथा क्षमता विकासमा सहयोग गर्न अनुरोध गरेको उल्लेख गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK