×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्ड इन्भेष्टर्स विकको चौथो दिन : डिबिएएन र अर्थ सरोकारको सेयर सचेतना कार्यक्रम किर्तिपुरमा सम्पन्न (फोटो-कथा)

PRIME CA

वर्ल्ड इन्भेष्टर्स विकको चौथो दिन : डिबिएएन र अर्थ सरोकारको सेयर सचेतना कार्यक्रम किर्तिपुरमा सम्पन्न (फोटो-कथा)

१८ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । वर्ल्ड इन्भेष्टर्स विकको अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन, र अर्थ सरोकार डटकमको संयुक्त आयोजनामा सेयर बजार सचेतना कार्यक्रमअन्तर्गतको तेश्रो कार्यक्रम बिहीबार किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा टियुका विद्यार्थीहरुलाई सेयर सचेतना गराइएको थियो । यसअघि सोहि कार्यक्रम  रिलायन्स कलेज र क्याथफोर्ड कलेजमा सम्पन्न भएको थियो ।

मनिमित्रका संस्थापक संजोग कोइरालाले सेयर सचेतना तालिम दिएको उक्त कार्यक्रममा १०० बढी विद्यार्थीहरु उपस्थित थिए । साथै, सो कार्यक्रममा प्रभुख अतिथिको रुपमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल रहेका थिए ।

कार्यक्रममा धितोपत्र ब्रोकर एसोसिएसनमा आवद्ध संघका पदाधिकारीहरु, अन्य ब्रोकरहरु, क्याथफर्ड कलेजका प्रतिनिधिहरु, र सञ्चारकर्मीहरुको उपस्थिति थियो । धितोपत्र ब्रोकर एसोसिएसनका महासचिव कृष्ण गिरीले संचालन गरेको सो कार्यक्रममा संघका अध्यक्ष सागर ढकालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

लगानीकर्ता सप्ताहको अवसरमा अर्थ सरोकार डटकम र धितोपत्र ब्रोकर एसोसिएसन मिलेर सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको छ । जसमा विभिन्न कलेजमा सेयर सचेतना दिने, सेयर बजार सम्बन्धि अन्तरक्रिया गर्ने, सेयर बजारसम्बन्धि बहसको आयोजना गर्ने लगायतका कार्यक्रम छन् । प्रस्तुत छ : त्रिभुवन विश्वविद्यालयमा गरिएको सो सेयर सचेतना कार्यक्रमका झलक फोटो-कथामा :

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: