×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ता सप्ताह : इतिहासमै पहिलोपटक सेयर ब्रोकरहरुको भव्य वाकाथन, ६५ तस्विरमा हेर्नुहोस् (फोटो-कथा)

PRIME CA

लगानीकर्ता सप्ताह : इतिहासमै पहिलोपटक सेयर ब्रोकरहरुको भव्य वाकाथन, ६५ तस्विरमा हेर्नुहोस् (फोटो-कथा)

२० आश्विन २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । वर्ल्ड इन्भेष्टर्स विकका अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकार डटकमको संयुक्त आयोजनामा नयाँ सेयर ब्रोकरहरुको वाकाथन कार्यक्रम सम्पन्न भएको छ । सेयर सचेतानाका विभिन्न नाराहरुसहितका प्ले कार्ड बोकेर काठमाडौँको भृकुटीमण्डपदेखि बसन्तपुर दरबार स्क्वायरसम्म वाकाथनमा सहभागीहरु सहभागी थिए । यस्तो कार्यक्रम नेपाली सेयर बजारको इतिहासमैसम्भवतस् पहिलो हो । यसअघि एक पटक धितोपत्र बोर्डले यस्तै वाकाथन कार्यक्रम आयोजना गरेको भए पनि यसपटकजस्तो सहभागीता त्यतिबेला थिएन ।

कार्यक्रम बोर्ड अध्यक्ष हमाल र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अध्यक्ष पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए । भृकुटीमण्डपबाट सुरु भएको कार्यक्रम बसन्तपुर दरबार स्क्वायर पुगेर सकिँदै गर्दा नेपाल प्रहरी र ट्राफिक प्रहरीलेसमेत सो कार्यक्रमलाई भरपुर सहयोग गरेका थिए । कार्यक्रममा विभिन्न ब्रोकर हाउसबाट झन्डै ५०० कर्मचारीको सहभागीता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बोर्ड अध्यक्ष हमालले बजार बिकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने भनाई व्यक्त गरेका थिए । बाँकी फोटो कथामा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: