×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असोजमा मात्रै ५६ हजार युवाले देश छोडे, २०८४ सम्म अधिकांश युवा विदेशमा हुने संकेत !

PRIME CA
GLOBAL IME BANK

असोजमा मात्रै ५६ हजार युवाले देश छोडे, २०८४ सम्म अधिकांश युवा विदेशमा हुने संकेत !

१३ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । देशमा केही गर्ने स्थिति नभएपछि पछिल्लो समय नेपालबाट विदेशिने युवाहरुको संख्या बढ्दो छ । चर्को आर्थिक मन्दी, घट्दो व्यापार र रोजगारीको शुन्य अवसरका कारण पछिल्ला दिन देश छोड्नेहरुको आँकडा बढ्दो छ ।

यसैबीच दशैँको मुखमा मात्रै नेपालबाट करिब ५६ हजार युवाहरु विदेशिएका छन् । बेरोजगारीका कारण चालु आर्थिक वर्ष २०८० ८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार दुई सय ३५ जना युवाहरु रोजगारीका लागि विदेश पलायन भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यसरी विदेशिनेमा ४९ हजार तीन सय ९८ जना पुरुष र ६ हजार आठ सय ३७ जना महिला रहेका छन् ।

यसो त भदौमा पनि सोही हाराहारीमा युवाहरु विदेशिएका थिए । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार भदौ महिनामा ५० हजार आठ सय ८४ जना युवाहरु रोजगारीको शिलशिलामा विदेश पलायन भएका थिए । पछिल्ला समय विदेशिने युवाहरुको आँकडा र प्रक्रियामा रहेकाहरुको तथ्यांक हेर्दा आगामी दिनमा ठूलो संख्यामा जनशक्ति बाहिरिने अनुमान गरिएको छ ।

दैनिक सयौँ र मासिक रुपमा लाखौँ युवाहरु बेरोजगारीका कारण विदेश पलायन भइरहेको तितो यथार्थताका बीच यता विभिन्न राजनितिक दलका नेताहरु भने ‘मिसन ८४’ भन्दै हिँडिरहेका छन् । तर, २०८४ सम्म देशमा युवाहरु रहन्छन् वा रहँदैनन् भन्ने प्रश्न यतिबेला टड्कारो बनेको छ । यही स्थिति रहे २०८४ सम्म अधिकांश युवा विदेशमा रहने संकेत देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: