×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ चौतारी लघुवित्तको नाफा ११ प्रतिशतले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आरम्भ चौतारी लघुवित्तको नाफा ११ प्रतिशतले घट्यो

Artha Sarokar

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा घटेको छ ।

लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्को अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको नाफा ११ प्रतिशतले घटेको हो । लघुवित्तले समीक्षा अवधिमा २५ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा भने २८ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । यसअवधिमा कम्पनीमा खुद ब्याज आम्दानी ६ करोड ९४ लाख पुगेको छ । त्यस्तै, लघुवित्तले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इम्पेयरमेन्ट चार्जमा ९९ लाख ७६ हजार रुपैयाँ छुट्याएको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा ४.९५ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ । ऋणीहरुले तिर्नुपर्ने ऋण तिर्न छोडेपछि लघुवित्तको निष्क्रिय कर्जा बढ्न पुगेको हो । यही कारण लघुवित्तको नाफामा दबाब परेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी