काठमाडौँ । ७० वटा शाखा ठप्प भएपछि र नेपाल राष्ट्र बैंकले चासो राखेपछि आशा लघुवित्तका आन्दोलित कर्मचारीसँग लघुवित्तको व्यवस्थापन वार्ता गर्न तयार भएको छ । लघुवित्तले आन्दोलनरत कर्मचारीसँग वार्ता गर्नका लागि बद्रीप्रसाद अधिकारीको संयोजकत्वमा वार्ता समिति बनाएको छ भने इमेलमार्फत कर्मचारीलाई वार्ता गर्न प्रतिनिधि पठाउन भन्दै इमेल गरेको छ ।
विभिन्न माग राख्दै आन्दोलनरत कर्मचारीहरुले हाल देशभरका ७० शाखा बन्द गरेर आन्दोलन गरिरहेका छन् ।हालका कामु सीइओ बद्री प्रसाद दुलालले संस्था छोड्नुपर्ने उनीहरुको अडान छ । लघुवित्तले वार्ता टोली गठन गरेपनि कर्मचारीहरुले भने प्रक्रियामा आपत्ति जनाएका छन् ।
‘अहिले देशभरका करिब ७० शाखामा काम ठप्प छ । तर, व्यवस्थापन भने समस्या समाधानमा केन्द्रित भएकै देखिँदैन ।’, आन्दोलनरत एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘बरु वार्ताका नाममा झारो टार्ने काम भएको छ । हामीलाई स्पष्टिकरण सोध्ने बेला लेटरहेडमा सोध्ने संस्थाले वार्तामा बोलाउन एउटा झारे इमेल लेखेर हुन्छ ? प्रतिनिधि पठाउने सम्बन्धमा लेखिएको उक्त पत्र न संस्थाको लेटरहेडमा छ न त उक्त पत्रमा कुनै आधिकारिक व्यक्तिको हस्ताक्षर छ यसरी संस्थाले पठाएको पत्र बेवारिसे पत्रको आधारमा कसरी वार्तामा जाने ?’
ती कर्मचारीका अनुसार भोलि यहि इमेलका आधारमा वार्तामा गए, वार्तामा बोलाएकै छैन, इमेल दुरुपयोग भएको भन्ने जवाफसमेत आउन सक्छ भन्ने पीर कर्मचारीहरुलाई छ । ‘विश्वास गर्न लायकका हाकिम भए पो मान्नु, जे पनि भन्ने, जे पनि गर्ने हाकिम छन् । त्यस्तो इमेल कसरी मान्ने ?’, एक कर्मचारीले भने ।
हेर्नुहोस् कर्मचारीलाई पठाइएको इमेल:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्