काठमाडौँ । अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँच जना पक्राउ परेका छन् । संस्थामा जम्मा भएको बचतकर्ताको बचत हिनामिनाको आरोपमा सहकारीका अध्यक्ष फणिन्द्र मगरसहित पाँच जना सञ्चालक पक्राउ परेका हुन् । पक्राउको खबर जिल्ला प्रहरी कार्यालय सुनसरीले पुष्टि गरेको छ ।
पक्राउ पर्नेहरुमा संस्थाका सञ्चालक राहुल अग्रवाल, शिला गजमेर, कुमार आले र थप एक जना सञ्चालक रहेका छन् । उनको पहिचान भने खुलेको छैन ।
उनीहरुमाथि सहकारीको ४० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप छ । सहकारीका बचतकर्ताको उजुरीका आधारमा प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयबाट संस्थाका सञ्चालकविरुद्ध ठगी मुद्धा दायर भएपछि अध्यक्षसहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा प्रहरी उपरीक्षक विपिन रेग्मीले बताएका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनासँग बयान लिने काम सकिएको छ । हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल उक्त सहकारीका सञ्चालकविरुद्ध उजुरी दिनेहरु बढिरहेका छन् ।
उक्त सहकारीले मोरङको विराटनगर, विराट चोक र झापाको दमकमा सेवा केन्द्र विस्तार गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्