×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नकारात्मक कुरा बिक्ने भएर हल्ला पनि नकारात्मक नै भएको हो, तर अर्थतन्त्र सकारात्मक बाटोमा छ’– अर्थमन्त्री 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘नकारात्मक कुरा बिक्ने भएर हल्ला पनि नकारात्मक नै भएको हो, तर अर्थतन्त्र सकारात्मक बाटोमा छ’– अर्थमन्त्री 

Artha Sarokar

१८ कार्तिक २०८०, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा रहेको दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित नाफिजको १५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा भए पनि बाहिर हल्ला भने नकारात्मक भएको दाबी गरेका छन् । उनले अहिले सामाजिक सञ्जालको जमानामा नकारात्मक कुरा बिक्ने भएकाले अर्थतन्त्रलाई लिएर नकारात्मक कुरा आउने गरेको बताएका छन् । 

‘अहिले सामाजिक सञ्जालको जमाना । यहाँ नकारात्मक कुरा बिक्छ । त्यसैले नकारात्मक कुरा नै आउँछ ।’, अर्थमन्त्री डा. महतले भने, ‘तर, अहिले अर्थतन्त्रले सकारात्मक बाटो पक्रेको छ । अहिले अर्थतन्त्र सकारात्मक तर्फ उन्मुख हुँदैछ ।’

त्यस्तै, उनले पछिल्लो समय अर्थतन्त्रका सबै सूचकले सुधारको लय देखाएकाले सबैले आत्मविश्वास र सकारात्मक सोच्न आवश्यक रहेको बताएका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी