×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई १ करोड दिने बुद्ध एयरको घोषणा, यतिसहित अन्य अझै मौन !

PRIME CA

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई १ करोड दिने बुद्ध एयरको घोषणा, यतिसहित अन्य अझै मौन !

१८ कार्तिक २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बुद्ध एयरले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । शनिबार एक सूचना जारी गर्दै बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रुपैयाँ सहयोग दिने निर्णय गरेको हो ।

‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १ करोड सहयोग दिने निर्णय गरेका छौँ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ ।’, बुद्ध एयरद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

निजी वायुसेवा कम्पनी बुद्ध एयरले भूकम्प प्रभावितका लागि उक्त सहयोग गर्दासम्म भने अन्य वायुसेवा कम्पनी यति एयरलाइन्ससहितका अन्यहरुले भने सहयोगका लागि कुनै निर्णय गरेका छैनन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: