×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कारमा आएर ब्राण्डेड रक्सी चोर्ने ‘भिआइपी चोर’, जो सरकारी कर्मचारी बनेर फोन पेबाट पैसा तिरेँ भन्दै पसलेलाई झुक्याउँथे !

PRIME CA

कारमा आएर ब्राण्डेड रक्सी चोर्ने ‘भिआइपी चोर’, जो सरकारी कर्मचारी बनेर फोन पेबाट पैसा तिरेँ भन्दै पसलेलाई झुक्याउँथे !

अर्थ सरोकार

१४ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सरकारी कर्मचारी बनेर ब्राण्डेड रक्सी चोर्ने एकजना पक्राउ परेका छन् । रक्सी किनेर फोन पेबाट पैसा तिरेको भन्दै पसलेलाई झुक्याएर चोरी गर्ने धरान– १९ का विकास शाह पक्राउ परेका हुन् । 

आफूलाई पर्यटन बोर्डको शाखा अधिकृत बताउने उनको साथबाट प्रहरीले पर्यटन बोर्डको परिचय पत्रसमेत फेला पारेको छ । प्रहरीका अनुसार उनले आफूलाई रुटिन अफ धरान बन्द पेजको रिपोर्टर भएको पनि बताउँदै आएका थिए । उनको साथबाट उक्त पेजको रिपोर्टरको परिचय पत्र पनि बरामद गरिएको छ । 

पक्राउ परेका शाहले धरानका विभिन्न मदिरा पसलबाट फोन पेबाट पैसा तिरेको भन्दै झुक्याएर ब्राण्डेड रक्सी चोरी गर्ने गरेको पाइएको छ । प्रहरीका अनुसार सँधै कारमा हिँड्ने उनले सुरुमा मदिरा पसलमा  महँगो रक्सी खरिद गर्थे र रकम भुक्तानीका लागि क्यूआर कोर्ड माग्थे । त्यसपछि उनले पसलेलाई फोन पेबाट भुक्तानी गरेको ‘स्क्रिन सट’ दखाउँथे । तर, उनले फोन पे मार्फत जम्मा गरेको रकम व्यवसायीको खातामा भने जम्मा हुँदैन थियो । 

शाहले भुक्तानी गरेको रकम व्यवसायीको खातामा किन जाँदैन थियो भन्ने विषयमा भने थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । यता व्यवसायीहरुले भने शाहले सिस्टम ह्याक गरेर रकम भुक्तानी गरेको आरोप लगाएका छन् । 

हालसम्म शाहविरुद्ध ११ जना पीडितहरुले प्रहरीको सम्पर्कमा आएका छन् । ११ जना पीडितहरुका अनुसार शाहले विभिन्न पसलमा गरी ५० हजार रुपैयाँ बराबरको ठगी गरेको पाइएको छ । उजुरी दिने पीडितको संख्या बढे ठगीको रकम पनि बढ्ने प्रहरीको भनाई छ । हाल एकपटकका लागि छोड्ने कि भन्ने विषयमा पीडितहरुबीच सल्लाह भइरहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका शाहविरुद्ध उजुरी परे मुद्दा दर्ता गरेर कार्वाही गरिने प्रहरीले जनाएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: