×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिएसआरको पैसाबाट चकलेट बाँड्ने बैंकको नाफा पनि पग्लियो, खराब कर्जा ह्वात्तै बढ्यो !

PRIME CA
GLOBAL IME BANK

सिएसआरको पैसाबाट चकलेट बाँड्ने बैंकको नाफा पनि पग्लियो, खराब कर्जा ह्वात्तै बढ्यो !

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार पहिलो त्रैमासमा बैंकको नाफा घटेको छ ।

चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले ४० करोड २४ लाख रुपैयाँमात्रै खुद नाफा आर्जन गरेको छ । जब कि सिटिजन्स बैंकले गतवर्षको सोही अवधिमा ५० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । स्मरण रहोस्, यो त्यही बैंक हो जसले यसअघि तीजको अवसरमा सिएरआरको पैसाबाट आफ्ना कर्मचारीहरुलाई चकलेट बाँडेको थियो ।

समीक्षा अवधिमा बैंकले ५६ करोड ७८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ भने १ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाउको छ । यसअवधिमा बैंकको खराब कर्जा भने ह्वात्तै बढेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा बैंकको खराब कर्जा ३.९७ प्रतिशत पुगेको छ ।

पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ७७ पैसा रहेको छ । कुल चुक्तापूँजी १४ अर्ब २० करोड रहेको सिटिजन्स बैंकको रिजर्भ कोषमा ६ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले १ खर्ब ७२ करोड निक्षेप संकलन गरेको छ भने १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: