×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीमा नियम कडा, देउसीभैलो खेल्न आउनेलाई ५ सय १ रुपैयाँभन्दा धेरै दक्षिणा दिए कारवाही !

PRIME CA
GLOBAL IME BANK

रुपन्देहीमा नियम कडा, देउसीभैलो खेल्न आउनेलाई ५ सय १ रुपैयाँभन्दा धेरै दक्षिणा दिए कारवाही !

२६ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । तिहारमा देउसीभैलो खेल्ने समय प्रशासनले तोकिदिएको त हामीले सुनेकै कुरा हो । तर, रुपन्देहीमा प्रशासनले देउसी खेल्ने समय मात्र होइन देउसीभैलो खेल्न आउनेलाई दिने दक्षिणा पनि तोकेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यसपालीको तिहारमा देउसी भैलो खेल्न आउनेलाई ५ सय १ रुपैयाँ दक्षिणा तोकेको हो । प्रशासनले दक्षिणा तोकेको मात्र छैन, बरु तोकिएको दक्षिणा भन्दा धेरै दक्षिणा दिए कारवाही गर्ने समेत चेतावनी दिएको छ । योसँगै अब घरभेटीले देउसी खेल्न आउनेलाई दक्षिणाबापत ५ सय १ रुपैयाँ भन्दा धेरै दक्षिणा दिन पाउने छैनन् ।

योसँगै प्रशासनले तिहारमा जिल्लाभर राति १० बजेपछि देउसी खेल्न प्रतिबन्ध लगाएको छ । तिहारलाई शान्तिपूर्ण तथा मर्यादित बनाउन भन्दै देउसी खेल्ने समय राति १० बजेसम्म तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिएका छन् ।

त्यस्तै, रुपन्देहीमा तिहारभर जुवातास खेल्न, पटका बेचबिखन गर्न तथा पड्काउन निषेध गरेको छ । यदी प्रशासनको आदेश विपरितका कार्य गरे कारवाही गरिने सहायक प्रजिअ अर्यालले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: