×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धैलागिरी लघुवित्तका सीईओ र अध्यक्षले सूचना लुकाउँदा सेयर बजारमा प्रभाव, नेप्सेले सोध्यो स्पष्टीकरण !

अर्थ सरोकार

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार

PRIME CA

धैलागिरी लघुवित्तका सीईओ र अध्यक्षले सूचना लुकाउँदा सेयर बजारमा प्रभाव, नेप्सेले सोध्यो स्पष्टीकरण !

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का गरेको छ । लघुवित्तका सीईओ र अध्यक्षले लाभांश घोषणाको सूचना लुकाएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो । कारोबार रोक्का गर्दै नेप्सेले लघुवित्तलाई सूचना लुकाएको विषयमा स्पष्टीकरणसमेत सोधेको छ ।

नेप्सेका अनुसार लघुवित्तको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा कात्तिक २२ गते नै गरेको थियो । तर, कम्पनीले लाभांश घोषणाको सूचना २३ गते बजार बन्द भएपछि नेप्सेलाई पठाएको थियो । 

दोस्रो बजारमा प्रभाव पार्ने सूचना ढिलो गरी बुझाएको भन्दै धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम कारोबार रोक्का गर्दै स्पष्टीकरण सोधिएको नेप्सेले जनाएको छ । 

लघुवित्तलाई नेप्सेले शुक्रबार पठाएको पत्रअनुसार पत्र पठाएको तीन कार्यदिनभित्र कम्पनीले स्पष्टीकरण नेप्सेमा पेश गर्नुपर्नेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: