×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणीहरुजति आन्दोलनमा लागेपछि फरवार्ड माइक्रोफाइनान्स घाटामा, कर्जा नतिर्नेहरुको संख्या तेब्बरले बढ्यो !

अर्थ सरोकार

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार

PRIME CA

ऋणीहरुजति आन्दोलनमा लागेपछि फरवार्ड माइक्रोफाइनान्स घाटामा, कर्जा नतिर्नेहरुको संख्या तेब्बरले बढ्यो !

काठमाडौँ । ऋणीहरुजति आन्दोलनमा लागेपछि फरवार्ड माइक्रोफाइनान्स घाटामा गएको छ । फाइनान्सबाट ऋण लिएका ऋणीहरुको ठूलो संख्या बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनमा लागेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी घाटामा गएको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनी ११ करोड ९ लाख रुपैयाँ घाटामा छ ।

कुनैबेला आँखा चिम्लिएर कनिका छरेजसरी, ऋणीको क्षमता नहेरी टार्गेटका नाममा मनपरी ऋण बाँडेको यो लघुवित्त अहिले घाटामा गएको हो । ऋण तिर्नुपर्नेहरु ‘अव ऋण तिर्दैनौं, बरु दुर्गा प्रसाईंको आन्दोलनमा जान्छौं’ भनेर तर्किएपछि, अनि विना धितो राखिएको ऋण असुल्ने कुनै बाटो नभएपछि फरवार्ड लघुवित्तमा निष्क्रिय कर्जा तेब्बरले बढेको छ । कम्पनीले नाफा कमाउला र खाउँला भनेर आँ गरेर बसेका सेयरधनीहरुलाई जिल्लाराम पार्दै ११ करोड ९ लाख घाटामा गएको छ कम्पनी । पहिलो त्रैमासकै यस्तो हरिबिजोग भएको यो कम्पनीको घाटा आर्थिक बर्षको अन्तिमसम्म के हुने हो थाहा छैन । यसले देखाउँछ, अव लघुवित्तको भविष्यमा चुनौतीका बादलले कालो रङ पोतिसकेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पनि यसअवधिमा कम्पनीको निष्क्रिय कर्जा तेब्बरले बढेको छ । गत वर्षको पहिलो त्रैमासमा २.६० प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा ६.२५ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा कम्पनीको आम्दानी २६ करोड ९५ लाख रुपैयाँमा सिमित भएको छ । त्यस्तै, कम्पनीको इम्पेयरमेन्ट चार्ज ८ करोड ५५ लाख रुपैयाँबाट बढेर ३० करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा कम्पनीको यस्तो आम्दानी ४२ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नटवर्थ २ सय ६५ रुपैयाँ ७४ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: