×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गनर्भरको दाबी- ‘अर्थतन्त्रको अवस्था नकारात्मक छैन, बैंकिङ अवस्था राम्रो छ, बेरोजगारी पनि छिट्टै हट्छ’

PRIME CA
GLOBAL IME BANK

गनर्भरको दाबी- ‘अर्थतन्त्रको अवस्था नकारात्मक छैन, बैंकिङ अवस्था राम्रो छ, बेरोजगारी पनि छिट्टै हट्छ’

१८ कार्तिक २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रको अवस्था नकारात्मक नभएको बताएका छन् । नाफिजको १५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र सकारात्मक भएको भन्दै निजी क्षेत्र र राज्य सबै मिलेर नयाँ प्रोजेक्टहरु कार्यान्वयनमा लानुपर्ने बताएका हुन् ।

‘नेपालको अर्थतन्त्रको अवस्था त्यस्तो नकारात्मक पाउँदैनौ । निजी क्षेत्र र राज्य सबै मिलेर प्रोजेक्टको कार्यान्वयनमा लाग्नुपर्छ ।’, उनले भने, ‘प्रोजेक्ट सुरु भएको छ, योजना आयोगले बनाएको छ, सरकारले गर्दैछ भनेर दशौं वर्ष एउटै प्रोजेक्टमा लाग्ने होइन, छिटोभन्दा छिटो टुङ्गाउन आवश्यक छ । यसबाट रोजगारीको सिर्जना पनि हुन्छ, अर्थतन्त्र पनि चलायमान हुन्छ ।’

त्यस्तै, उनले नयाँ प्रोजेक्टहरुको काम कारबाही बढाउने र शिथिलतालाई हटाउनुपर्ने भन्दै त्यसबाट नै आर्थिक क्रियाकलाप र बैंकहरुको पैसा परिचाल नहुने बताए ।

यस्तै, उनले बैंकिङ क्षेत्रको कुरा गर्दा विश्वका बैंकहरुमा समस्या आए पनि नेपालमा कुनै बैंकहरु समाप्त हुने अवस्थामा नपुगेको भन्दै बैंकिङ व्यवस्था सुरक्षित रहेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: