×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राष्ट्र बैंकको नीति र बैंकिङ क्षेत्रको सहयोगले अर्थतन्त्र लयमा फर्किएको छ’- गभर्नर अधिकारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘राष्ट्र बैंकको नीति र बैंकिङ क्षेत्रको सहयोगले अर्थतन्त्र लयमा फर्किएको छ’- गभर्नर अधिकारी

Artha Sarokar

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल देशको अर्थतन्त्र लयमा फर्किनुको मुख्य कारण बैंकिङ क्षेत्र र राष्ट्र बैंकको नीति रहेको बताएका छन् । काठमाडौँमा आयोजित ३९औँ एशियन बैंकर्स एशोसिएसनको जनरल मिटिङ एण्ड कन्फरेन्स्लाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले कोरोना महामारीबाट शिथिल भएको देशको अर्थतन्त्र हाल ‘रिकभर’ भएको दाबीसमेत गरेका छन् ।

सोही क्रममा गभर्नर अधिकारीले व्यापार/व्यवसाय ठप्पप्राय रहेको परिस्थितिमा पनि बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिका कारण हाल अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् । साथै, गभर्नर अधिकारीले नेपालको बैंकिङ प्रणालीले सबै संकटहरुको समाधान गर्दै आएकोले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेकोसमेत दाबी गरेका छन् ।

त्यस्तै, उनले पछिल्लो समय मुद्रास्फिति बढिरहेको र विभिन्न देशहरुले महँगी तथा मन्दीको सामना गरिरहेकोले विश्व बजारका बैंकिङ क्षेत्रमा चुनौति रहेको पनि औँल्याएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी