×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ स्टक एक्सचेन्जबारे अर्थ समितिको निर्णयमा सांसद हरि ढकालको आपत्ति, भने-‘भ्रष्टहरुको भण्डाफोर गर्छौँ’

अर्थ सरोकार

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार

PRIME CA

नयाँ स्टक एक्सचेन्जबारे अर्थ समितिको निर्णयमा सांसद हरि ढकालको आपत्ति, भने-‘भ्रष्टहरुको भण्डाफोर गर्छौँ’

काठमाडौँ । अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन दिएको निर्देशनमा सांसद हरि ढकालले आपत्ति जनाएका छन् । समितिको निर्णय सार्वजनिक गर्दै उनले सामाजिक संजालमार्फत आफ्नो आपत्ति उल्लेख गरेका हुन् ।
नयाँ स्टक एक्सचेन्जबारे ५ बुँदामा आपत्ति जनाउँदै उनले यस्तो लेखेका छन् :
१) नेपालमा प्रतिस्पर्धात्मक पुजी बजार निर्माण गर्न नयाँ स्टक आवश्यक छ तर नेपाल रहेको एक मात्र नेप्सेको पुनर्संरचना नगरी नयाँ स्टक ल्याईनु आपत्ति जनक छ ।
२) दिपावली चाडको माहोलमा मानिस भुल्ने मौका छोपी दीपावलीको बिदा हुने अन्तिम दिनको ७ बजेको समयको अफ आवरमा अर्थ समितिको बैठक डाकी किन, कसको लागि र कति पैसा लिएर कसले यो बैठक डाकी बिबादास्पद स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया अघि सार्यो ? यसको हिसाब किताब पक्कै नेपाली जनताले माग्नेछन। दलालका मतियारहरु हिसाब किताब बुझाउन तयार भएर बस्नुहोला ।
३) विभिन्न पत्र पत्रीका र समाचार माध्यमको समाचार अनुसार नयाँ स्टक एक्सचेञ्जको लागि ६ अर्वको घुसको डिल हुदैछ रे। खबरदार पैसाको लागि आफ्नै आमा बेच्न सम्म तयार हुने दलालहरु! हामी तिम्रा घुसिया सपना पूरा हुने दिने छैनौं ।
४) हामी स्वस्थ प्रतिसपर्धाबाट आउने स्टक एक्सचेञ्जको पक्षमा छौ न कि अर्वौको भ्रष्टाचारको पहाडमा उभिएर आउने स्टक एक्सचेञ्जको ।
५) आज धन्तेरसको दिन सर्वसाधारणले तामाका भाडाकुडा जोड्छ्न तर यता दलालले त सिङ्गो स्टक एक्सचेञ्ज जोडेछन तर होसियार भ्रष्टहरु! हामी यसको भण्डाफोर गर्नेछौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: