×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद् निर्णयः भूकम्पबाट प्रभावित परिवारलाई प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने

PRIME CA
GLOBAL IME BANK

मन्त्रिपरिषद् निर्णयः भूकम्पबाट प्रभावित परिवारलाई प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री तथा संघीय मन्त्रीहरुले भूकम्प पीडितहरुको सहयोगका लागि एक महिनाको तलब दिने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी प्रभावित जाजरकोट तथा रुकुम पश्चिमका नागरिकका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता सूचना ता प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार बैठकमा प्रधानमन्त्रीलगायत मन्त्रिपरिषदका सबै सदस्यहरूले भूकम्पपीडितलाई सहयोग गर्न एक महिनाको पारिश्रमिक दिने सहमति भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: