×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रिको प्रिमियम मूल्यमाथि सर्वोच्च अदालतको कारण देखाउ आदेश 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हिमालयन रिको प्रिमियम मूल्यमाथि सर्वोच्च अदालतको कारण देखाउ आदेश 

१२ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वोच्च अदालतले हिमालयन रि इन्स्योरेन्सको प्रिमियम मूल्यमाथि कारण देखाउ आदेश जारी गरेको छ । अदालतले हिमालयन रिको आईपीओ रोक्न परेको रिटउपर सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

हिमालयन रिलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको विषयमा नेपाल धितोपत्र बोर्डसँग सर्वोच्चले कारण मागेको छ । न्यायाधीश डा. कुमार चुडालको इजलासले सरोकारवाला निकायहरुलाई कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई मंसिर १९ गते छलफलका लागि बोलाएको छ ।

प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएर आफुसहितका लगानीकर्तालाई नोक्सान भएको भन्दै यामप्रसाद भट्टराई र अभिवक्ता भीमसेन रायमाझीले सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।

सर्वोच्चमा दायर भएको उक्त रिटमा हिमालयन रिलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिनु कानुनविपरीत भएको र उक्त कार्यमा नियामकको समेत मिलेमतो रहेको आरोप छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम जोडेर २०६ रुपैयाँका दरले आईपीओ जारी गरेको छ । कम्पनीले हाल जारी गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: