×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मासु बिक्नै छोडेपछि व्यापारीलाई तनाव, ब्रोइलर कुखुराको मूल्य किलोमै ५० रुपैयाँले घट्यो !

PRIME CA

मासु बिक्नै छोडेपछि व्यापारीलाई तनाव, ब्रोइलर कुखुराको मूल्य किलोमै ५० रुपैयाँले घट्यो !

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ब्रोइलर कुखुराको बिक्री मूल्य ५० रुपैयाँले सस्तिएको छ । दशैँ लगत्तै व्यवसायीहरुले जिउँदै ब्रोइलर कुखुराको मूल्य किलोमै ५० रुपैयाँ घटाएका हुन् ।

बजारमा ब्रोइलर कुखुराको उत्पादन धेरै र खपत कम हुन थालेपछि ब्रोइलर कुखुराको मुल्य घटाएको नेपाल कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघका अनुसार पछिल्लो १० दिनमा जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो ५० रुपैयाँले घटेको छ ।

यसो त दशैँमा पनि अन्य वर्षमाजस्तो मासुको व्यवसाय नभएको व्यवसायीहरु बताउँछन् । मासुको खपत नहुँदा दशैँका लागि ल्याइएका कुखुरा तथा पशुचौपाया अझै पनि नबिकेको व्यवसायीहरुको भनाई छ । मासुको खपत न्यून भएपछि व्यवसायीहरुले ब्रोइलर कुखुराको मूल्य १२ कात्तिकमा २८० बाट घटाएर २७० तोकेका थिए । तर पनि बिक्री न्यून भएपछि कात्तिक १४ र कात्तिक १६ गते १०÷१० रुपैयाँ घटाएर प्रतिकिलो २५० पुर्याइएको थियो ।

त्यस्तै, कुखुरा व्यवसायी संघले कात्तिक २० गते पुनः ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले घटाएर प्रतिकिलो २ सय ३० रुपैयाँ तोकेको छ ।

जिउँदो कुखुराको मूल्य नै प्रतिकिलो ५० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य पनि घट्ने व्यवसायीहरु बताउँछन् । हाल बजारमा तयारी मासु ३ सय ४० देखि ३ सय ७० सम्म बिक्री भइरहेको भए पनि अब भने प्रतिकिलो ३ सय २० रुपैयाँसम्म पर्ने कुखुरा व्यवसायी संघले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: