×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ महिनामा नेपालले १५ अर्ब ऋण लिँदा १६ अर्ब तिर्यो, अझै पनि प्रत्येक नेपालीको टाउकोमा ८० हजार ऋण !

PRIME CA

४ महिनामा नेपालले १५ अर्ब ऋण लिँदा १६ अर्ब तिर्यो, अझै पनि प्रत्येक नेपालीको टाउकोमा ८० हजार ऋण !

अर्थ सरोकार

१३ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालले पछिल्लो चार महिनामा १५ अर्ब बढी बाह्य ऋण उठाएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिकमा नेपालले १५ अर्ब ८५ करोड रुपैयाँ बाह्य ऋण उठाएको हो ।

यता पछिल्लो ४ महिनामा १५ अर्ब ८५ करोड बाह्य ऋण उठाएको नेपाल सरकारले सोही अवधिमा १६ अर्ब भन्दा बढी रकम यसअघि लिएको बाह्य ऋणको साँवा र ब्याज तिरेको छ । यसअवधिमा नेपालले साँवा र ब्याज भुक्तानीका लागि कुल १६ अर्ब १८ करोड रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले लिएको बाह्य ऋण भन्दा तिरेको रकम धेरै देखिन्छ ।

सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ मा २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ वैदेशिक ऋण लिने लक्ष्य लिएको छ । तर, सो लक्ष्यअनुसार पहिलो चौमासिकमा बाह्य ऋण नआएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पछिल्लो ४ महिनामा खुद बाह्य ऋण तीन अर्ब रुपैयाँले बढेको छ । असारमा ११ खर्ब ७० अर्ब २४ करोड रुपैयाँ रहेको बाह्य ऋण कात्तिकसम्ममा ११ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । योसँगै नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यो असार मसान्तको तुलनामा ५७ अर्ब ७१ करोड रुपैयाँ धेरै हो ।

नेपालको २०७८ सालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनामा भाग लगाउँदा हाल प्रत्येक नेपालीको टाउकोमा ८० हजार ८ सय १९ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: