×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीकै मिलेमतोमा लुटपाट, यसरी बाहिरियो इसेवाको कनेक्सनसहितको अचम्मको घटना…

PRIME CA

प्रहरीकै मिलेमतोमा लुटपाट, यसरी बाहिरियो इसेवाको कनेक्सनसहितको अचम्मको घटना…

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँमा प्रहरीकै मिलेमतोमा लुटपाट भएको पाइएको छ । २१ असोजमा निजी गाडीमा ठमेलबाट बालुवाटार जाने क्रममा कुमार रोका र नवराज नगरकोटीलाई रोकेर भएको लुटपाटमा प्रहरीकै मिलेमतो भएको पाइएको हो । लुटपाटमा प्रहरीको संलग्नता पुष्टि भएपछि हाल उक्त लुटपाटमा संलग्न तीनजना प्रहरीसहित पाँचजनालाई पक्राउ गरी डाँका चोरी मुद्धा दायर गरिएको छ । 

पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल रहेका छन् । उनीहरुले मदन पुरी र सन्तोष पुरीसँग मिलेर लुटपाट गरेका थिए ।

भएको के थियो ? 
गत असोज २१ गते कुमार रोका र नवराज नगरकोटी छुट्टाछुट्टै निजी गाडीमा ठमेलबाट बालुवाटार जाँदै थिए । सोही क्रममा राति साढे ११ बजे प्रहरीको सिआरभी टोलीले चेकिङ भन्दै उनीहरुलाई रोक्यो । रोकाको गाडीमा तीनजना युवती देखेपछि प्रहरीले वेश्यावृत्तिका लागि युवतिहरु ‘सप्लाई’ गरेको आरोप लगाएर फसाइदिने भन्दै ‘ब्लायकमेल’ गर्न थाले । त्यसपछि उनीहरुले ती युवतिहरुलाई प्रहरीको सिआरभी भ्यानमा राखे । 

त्यसपछि कुमार रोका र नवराज नगरकोटीलाई प्रहरीसहितको टोलीले निर्मल निवासको गल्लीतर्फ लगे । जहाँ उनीहरुले १७ हजार पाँच सय नगद लुटपाट गरेको र थप डेढ लाख रुपैयाँ मागेको पीडतहरुको भनाई छ । पीडितका अनुसार आफूसँग त्यति धेरै पैसा नभएपछि प्रहरीसहितको टोलीले जबर्जस्ती इसेवामा पैसा हाल्न लगाएका थिए । उनीहरुले रोकाको मोबाइलबाट पाँच सय र नगरकोटीको मोबाइलबाट २५ हजार ट्रान्सफर गराएपछि पाँचैजनालाई छोडिदिएका थिए । 

ड्यिुटीमा खटिएका प्रहरीकै मिलेमतोमा यसरी उनीहरुले ४७ हजार पाँच सय रुपैयाँ लुटपाट गरेका थिए ।

कसरी बाहिरियो घटना ? 
प्रहरीकै मिलेमतोमा लुटिएपछि पीडित रोका र नगरकोटीले प्रहरीको हटलाइन नम्बरमा जानकारी गराएका थिए । सो लगत्तै उक्त घटनामा संलग्न रहेका मदन पुरी र सन्तोष पुरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा लुटपाटमा प्रहरीको पनि संलग्नता पुष्टि भएपछि थप ३ जना प्रहरीलाई पनि पक्राउ गरी मुद्धा चलाइएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी कमोध ढुंगेलले जानकारी दिएका छन् । 

एसपी ढुंगेलका अनुसार उनीहरुविरुद्ध लुटपाट भएको रकम बराबरको बिगो बनाई डाँका चोरी मुद्धा चलाइएको छ ।

अझ अनुसन्धानबाट उक्त लुटपाट योजनाबद्ध रुपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त लुटपाटको मुख्य योजनाकार मदन पुरी हुन् । उनले धम्क्याएर पैसा असुल्ने योजनासाथ नवराज नगरकोटीलाई फोन गरी तीनजना युवती लिएर आउन भनेका थिए । नगरकोटी सोही अनुसार तीनजना युवती लिएर गएका थिए । सोही क्रममा मदन पुरीको नाता पर्ने सन्तोष पुरी र प्रहरीको सहायता लिएर उनीहरुले लुटपाट गरेका थिए । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: